२०८२ जेठ ३१ शुक्रबार

राशिफल

सोलुखुम्बुमा एक महिला मृत अवस्थामा फेला

काठमाडौं  :  सोलुखुम्बुमा एक महिला मृत अवस्थामा फेला परेको छ । जिल्लाको सोलु दुधकुण्ड नगरपालिका १ नुनुथलाकी ५५ वर्षीया किमा शेर्पाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सुचना अधिकारी राम किशोर शाहले जानकारी दिए ।

गएराति करिब ८ बजे लुदुको बाटोमा महिला शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । शव कानुनी प्रक्रिया पुरा गरेर आफन्तलाई जिम्मा लगाएको प्रहरीले जनाएको छ ।