२०८२ जेठ ३१ शुक्रबार

राशिफल

पैसा बाडेको आरोप निराधार, प्रमाण ल्याउन चुनौती

काठमाण्डौ : नेकपा एमालेका प्रदेश सभा सदस्य उम्मेदवार दीपक निरौलालाई प्रहरीले गएराति नियन्त्रणमा लिएको छ । काठमाण्डौ ५ प्रदेश ख का उम्मेदवार निरौलामाथि मतदातालाई प्रभावित पार्न पैसा बाँड्न गएको आरोप लागेपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

निरौला र एमाले बूढानीलकण्ठ नगर कमिटी अध्यक्ष प्रदीप डङ्गोल बूढानीलकण्ठ–६ मा रहेको एक घरमा पुगेका बेला पैसा बाँड्न गएको भन्दै स्थानीयबासीले होहल्ला गरेपछि प्रहरी टोली पुगेको थियो । प्रहरीले स्थानीय बासिन्दाको भिडले घेरा हालेपछि उद्धार गरी सुरक्षामा राखेको बताएको छ ।

 

स्थानीय बासिन्दाले पैसा बाँडेको आरोप लगाए पनि पैसा बरामद नभएको प्रहरीले जनाएको छ । उम्मेदवार निरौलाले आफू क्यान्सरका बिरामीलाई भेट्न गएको बेला पछ्याउँदै आएका केही व्यक्तिले निराधार आरोप लगाएको भन्दै प्रमाण ल्याउन चुनौती दिनुभएको छ । प्रहरीले निरौलालाई गएराति नै छाडिसकेको छ ।