काठमाडौं : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले निर्वाचन आचार संहिताको पूर्ण पालना गर्दै योग्य उम्मेदवारको छनौटका लागि मतदानमा संलग्न हुन आग्रह गरेका छन् । एक विज्ञप्ती निकाल्दै उनले गण्डकी प्रदेशका सबै मतदातालाई मतदानमा सहभागी हुन अपिल गरेका हुन् ।
पोखरेलले लोकतन्त्रमा विश्वास गर्ने, जनताको अधिकारको रक्षा गर्न सक्षम, विकासप्रेमी, इमान्दार, कर्तव्यनिष्ठ र सेवा भावले ओतप्रोत उम्मेदवारलाई छनौट गर्न सकेमा मात्र नागरिकको चाहना बमोजिमको सेवा प्राप्त गर्न सकिने उल्लेख गरेका छन् ।
तपाइँको प्रतिक्रीया