२०८२ असार १ आइतबार

राशिफल

सुकेधारामा ट्रकको ठक्करबाट दुई जनाको ज्यान गयो

काठमाण्डौ : काठमाण्डौको सुकेधारामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ ।

पर्साको ठोरी गाउँपालिका–७ का मोटरसाइकल चालक ४५ वर्षका कुमार राई र पछाडि बस्नुभएकी राईकी श्रीमती ३८ वर्षकी मेनुकाको हिजो बेलुका ज्यान गएको हो ।

राई दम्पती चढेको प्रदेश ३–०२–००६४–९७ २७ नम्बरको मोटरसाइकलाई ना ३ ख ५२४७ नम्बरको ट्रकले हिजो दिउँसो ठक्कर दिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । ठक्करबाट घाइते दुई जनाको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।