२०८२ जेठ ३१ शुक्रबार

राशिफल

चुनावको सम्पूर्ण तयारी पूरा स् प्रमुख आयुक्त थपलिया

काठमाण्डौ  : निर्वाचन आयोगले चुनावको सबै तयारी पूरा भएको जनाएको छ । भोलि हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको आयोगले जनाएको हो ।

आयोगमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहीत वातावरणमा चुनाव सम्पन्न गराउन आवश्यक पर्ने सम्पूर्ण तयारी पूरा भइसकेको बताउनुभयो । उहाँले स्थिर समयमा आचारसंहिताको प्रभावकारी कार्यान्वयनको लागि चुनाव अनुगमन टोली र मतदान कार्यमा खटिएका कर्मचारी एवं सुरक्षाकर्मीबाट समेत सुक्ष्म अनुगमनको कार्य भइरहेको बताउनुभयो ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगले मतदानका दिन आवश्यक सेवाका लागि सञ्चलन हुने तथा सञ्चारकर्मी, पर्यवेक्षक, अनुगमन कर्ता