२०८२ असार २ सोमबार

राशिफल

कांग्रेस बाराका जिल्ला उपसभापतिसहित तीन जना नेता तथा कार्यकर्तालाई पार्टीबाट निष्कासित

काठमाडौं  : नेपाली कांग्रेसले ३ नेता तथा कार्यकर्तालाई पार्टीबाट निष्कासित गरेको छ ।

कांग्रेसले बारा जिल्ला उपसभापतिसहित तीन जना नेता तथा कार्यकर्तालाई पार्टीबाट निष्कासित गरेको हो।

कांग्रेसका केन्द्रीय अनुशासन समितिका संयोजक आनन्द प्रसाद ढुंगानाका अनुसार बारा क्षेत्र नं. ४ मा लोकतान्त्रिक बाम गठबन्धनका आधिकारिक उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान श्रेष्ठ) को विरुद्वमा प्रचार प्रसार गरेको सूचना आएपछि जिल्ला उपसभापति अमिरिलाल राउत, जिल्ला सदस्य हरिप्रसाद थपलिया र क्षेत्रीय प्रतिनिधि सुशील ढोडारीलाई कारबाही स्वरुप पार्टीबाट निष्कासित गरिएको हो ।