काठमाडौं : इंग्ल्याण्डसँगको एकदिवसीय क्रिकेट शृङ्खला अष्ट्रेलियाले जितेको छ ।
सिड्नीमा आज भएको दोस्रो खेल ७२ रनले जितेसँगै अष्ट्रेलियाले तीन खेलको शृङ्खला एक खेल बाँकी छँदै जितेको हो ।
आज अष्ट्रेलियाले दिएको २ सय ८१ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्ड ३८ ओभर ५ बलमा २ सय ८ रन बनाउँदा अलआउट भयो । इंग्ल्याण्डका साम विलिङले ७१ र जेम्स भिन्सले ७१ रन बनाए । बलिङतर्फ अष्ट्रेलियाका मिचेल स्टार्क र एडम जाम्पाले ४र४ तथा जोस हजलउडले २ विकेट लिए ।
तपाइँको प्रतिक्रीया