काठमाण्डौ : देशभर मतदान सुरु भइसकेको छ । भोट हाल्नका लागि मतदान केन्द्रमा पुगेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, किरियापुत्री, अपाङ्गता भएकाहरु लाइनमा बस्न नपर्ने निर्वाचन आयोगले जनाएको छ ।
देशका ७७ वटै जिल्लामा बिहान ७ देखि मतदान सुरु भएको हो । भरे बेलुका ५ बजेसम्म भोट हाल्न पाइने छ ।
मतदानलाई व्यवस्थित गर्न महिला र पुरुषको छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको छ । भोट हाल्न जाँदा आफ्नो मतदाता परिचयपत्र लिएर जानु पर्छ ।
तपाइँको प्रतिक्रीया