२०८२ असार ४ बुधबार

राशिफल

सोलुखुम्बुमा चिसोको कारण मतदाताको उपस्थिति न्यून

काठमाडौं  :  हिमाली जिल्ला सोलुखुम्बुमा चिसोको कारण मतदान केन्द्रमा मतदाताको उपस्थिति न्यून रहेको छ ।

अन्य जिल्लाहरूमा जस्तै बिहानैदेखि मतदान सुरु भए पनि चिसोका कारण मतदाताहरूको उपस्थिति न्यून रहेको जानकारी दिएको हो । बिहान अत्यन्त चिसो भएकाले सदरमुकाम सल्लेरी आसपासकै मतदान केन्द्रहरूमा समेत मतदाताको उपस्थिति न्यून रहेको मतदान अधिकृतहरूले जानकारी दिएका छन् ।

जिल्लाको सबै भन्दा अग्लो स्थानमा रहेको पाङबोचे मावि मतदान केन्द्रमा पनि अहिले मतदान सुरु भइसकेको मतदान अधिकृत ङवाङ दोर्जी बाहिङले जानकारी दिनुभयो ।