काठमाडौं : राजनीतिक दलका प्रतिनिधिबीच विवाद हुँदा स्थगित भएको स्याङजाको चापाकोट नगरपालिका–१ आँधीचौधेरास्थित भानु माद्यामिक विद्यालयमा रहेको मतदानस्थलमा पुनः मतदान सुचारु भएको छ ।
एमाले निकट वडा सदस्यले हातपात गरेपछि विवाद हुँदा मतदान स्थगित भएको थियो । कार्यकर्ताबीच विवाद चर्किदै जाँदा प्रहरीले सुरक्षाको लागि हवाइ फायरसमेत गरेको जनाएको छ ।
सर्वदलीय बैठक बसेपछि विवाद मिलाएर मतदान सुरु गरिएको प्रहरीले जनाएको छ ।
तपाइँको प्रतिक्रीया