२०८२ असार १ आइतबार

राशिफल

रामेछापमा मतदानपछि बेहोस भएर ढलेका वृद्धको मृत्यु

काठमाडौं  :  आज भइरहेको प्रतिनिधि सभा र प्रदेश सभा चुनावअन्तर्गत रामेछापमा मतदान गरेर बाहिरिने क्रममा बेहोस भएर ढलेका एक वृद्धको ज्यान गएको छ ।

जिल्लाको लिखु तामाकोसी गाउँपालिका–४ बिजुलीकोटका ७१ वर्षीय ठगबहादुर सुनुवारको ज्यान गएको हो । बेहोस भएर ढलेका सुनुवारलाई सुरक्षाकर्मी र आफन्तले उपचारका लागि स्वास्थ्य चौकी लैजाँदै गर्दा बाटोमा नै ज्यान गएको लिखु गाउँपालिकाका अध्यक्ष केशव महतले जानकारी दिनुभयो ।

सुनुवारले लिखु गाउँपालिकाको वडा नं ४ मा रहेको भृङ्गेश्वर मावि कोटगाउँ मतदान केन्द्रमा मतदान गर्नुभएको थियो ।