२०८२ जेठ ३१ शुक्रबार

राशिफल

मकवानपुरका विभिन्न मतदान केन्द्रबाट मतपेटिका हेटौँडा आइपुगे

काठमाडौं  :  मकवानपुरका विभिन्न मतदान केन्द्रबाट मतपेटिका हेटौँडा आइपुग्न थालेका छन् । हेटौँडाको सिद्धार्थ माध्यमिक विद्यालयमा रहेको मतगणना स्थलमा मतपेटिका आइपुग्न थालेका हुन् ।

मतदान अधिकृत, सहायक अधिकृत, सहायकस्तरका कर्मचारी, प्रहरी र विभिन्न दलका प्रतिनिधिहसहित मतपेटिका ल्याउन थालिएको हो । मध्यरात अघिसम्म सबै मतदान केन्द्रबाट मतपेटिका आइसक्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यसैबीच मकवानपुरमा शान्तिपूर्णरूपमा मतदान सम्पन्न भएको छ ।