२०८२ असार १ आइतबार

राशिफल

ताप्लेजुङमा प्रतिनिधिसभातर्फ योगेश भट्टराईको सुरुवाती अग्रता

काठमाडौं  :  ताप्लेजुङमा प्रतिनिधिसभा तर्फको मतगणनामा नेकपा एमालेका योगेश भट्टराई सुरुवाती अग्रता लिन सफल भएका छन् । फक्ताङलुङ गाउँपालिकाको याङ्मा र ओलाङचुङगोलाको १ सय ९ मत गणना हुँदा योगेशले ६८ मत प्राप्त गरेका छन् ।

नेकपा माओवादी केन्द्रका उम्मेदवार खेलप्रसाद बुडाक्षेत्रीले ३३ मत प्राप्त गरेका छन् ।

यस्तै, राप्रपाका रामबहादुर कार्कीले २, जसपाका चन्द्र मादेनले १ र लोसपाका चैतन्य प्रकाश केदेमले १ मत प्राप्त गरेका छन् । गणना भएको १ सय ९ मतमध्ये ४ मत बदर भएको छ ।