काठमाडौं : कास्की ३ को प्रदेशसभा १ मा नेकपा एमालेका गणेशमान गुरुङ विजयी भएका छन् । उनले सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार दुर्गादत्त भण्डारीलाई पराजित गरे ।
गुरुङले १४ हजार ४७३ मत ल्याउँदा भण्डारीले ९ हजार ६६१ मत पाएका छन् । जनता समाजवादी पार्टीबाट गत फागुन १३ गते एमाले प्रवेश गरेका गुरुङले प्रदेशको टिकट पाएका गुरुङले भारी मतान्तरले चुनाव जितेका छन् ।
२०३६ सालको विद्यार्थी आन्दोलनबाट राजनीति थालेका गुरुङ २०६९ सालमा जातीय पहिचानको मुद्दा बोकेर एमालेबाट विद्रोह गरेर अशोक राईसँगै संघीय समाजवादी पार्टीतिर लागेका थिए ।
तपाइँको प्रतिक्रीया