काठमाडौं : कास्की क्षेत्र नं। २ मा नेकपा एमालेकी विद्या भट्टराई निर्वाचित भएकी छिन् । उनले निकटम् प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधवप्रसाद कँडेललाई ४ हजार ५०३ मतान्तरले पराजित गर्दै दोस्रो पटक संसद यात्रा निश्चित गरेकी हुन् ।
भट्टराईले १६ हजार ९९८ मत पाउँदा निकटतम् प्रतिद्वन्द्वी कँडेलले १२ हजार ४९५ मत ल्याउन सफल भए । कँडेलले सुरुआती मतगणनामा लगातार अग्रता बनाइरहेका थिए । तर, पछि विद्याले उछिन्दै भारी मतान्तरसहित विजयी भएकी हुन् ।
तपाइँको प्रतिक्रीया