२०८२ जेठ ३२ शनिवार

राशिफल

कोदालोको बिँडले प्रहारबाट ८९ वर्षीय वृद्धको मृत्यु

काठमाडौं  :  मकवानपुरको थाहा नगरपालिका १२ गैरीगाउँमा बिहीबार झगडा हुँदा कोदालोको बिँडले प्रहार गरेर ८९ वर्षीय वृद्धको मृत्यु भएको छ ।

गैरीगाउँ बस्ने ३५ वर्षीय टाइसन गोले र सोही स्थानका ८९ वर्षीय आइतसिंह स्याङ्तानबीच आपसमा भनाभनको क्रममा झगडा भएको प्रहरीले जनाएको छ । झगडाको क्रममा टाइसन गोलेले कोदालोको बिँडले आइतसिंह स्याङ्तानको टाउकोमा हानी गम्भीर घाइते बनाएका थिए ।

ट्रमा सेन्टर काठमाडौंमा उपचारका लागि लगिएको उनको मृत्यु भएको हो । कुटपिट गर्ने टाइसन गोलेलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालिरहेको जनाएको छ ।