काठमाडौं : जिल्ला अदालत रुपन्देहीबाट चोरी मुद्दामा दोषी ठहर भएका व्यक्ति २७ वर्षपछि पक्राउ परेका छन् । उनलाई २५ पुस ०५२ मा अदालतको फैसलाले २ वटा फरक फरक चोरी मुद्दामा दोषी ठहर गरेको थियो ।
२७ वर्षदेखि लुकिछिपी बसिरहेका पुजारी थारुलाई सालझण्डी प्रहरीले पक्राउ गरेको हो । देवनारायण थारु र तत्कालीन श्री ५ सरकारको जाहेरीले चोरी मुद्दामा कैद र जरिवाना ठहर भई हालसम्म फरार रहेका साविक दुधराक्ष–०८ हालको सैनामैना नगरपालिका–०८ वस्ने वर्ष ४९ को पुजारी थारुलाई इलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरी टोलीले शुक्रबार पक्राउ गरेको हो । पक्राउपछि फैसला कार्यान्वयनको लागि जिल्ला अदालत रुपन्देहीमा उपस्थित गराएकोमा शुक्रबार नै कारागार चलान गरिएको छ ।
यसैबीच, सवारी ज्यान मुद्दामा कैद ठहर भई नौ वर्षदेखि फरार व्यक्ति पनि पक्राउ परेका छन् । रुपन्देही जिल्ला अदालतको ७ माघ ०७० मा गरेको फैसलाले सवारी ज्यान मुद्दामा दोषी ठहर भई नौ वर्षदेखि लुकिछिपी बसिरहेका सिताराम थारुलाई सालझण्डी प्रहरीले पक्राउ गरेको हो ।
लापरवाही गरी ट्याक्टर चलाउँदा मानिसको मृत्यु भएको सवारी ज्यान मुद्दामा दुई वर्ष कैद ठहर भई ६ बर्षदेखि फरार व्यक्ति पनि पक्राउ परेका छन् ।
०७३ सालमा सैनामैना नगरपालिकाको बाँसगढीमा लापरवाही साथ सवारी चलाई मानिस मृत्यु भएको घटनामा रुपन्देही जिल्ला अदालतको १७ फागुन ०७३ को फैसलाअनुसार सवारी ज्यान मुद्दामा २ वर्ष कैद र २ हजार रुपैयाँ जरिवाना ठहर भई ६ वर्षदेखि फरार रहिरहेका साविक सालझण्डी(६ हालको सैनामैना नगरपालिका–११ बस्ने वर्ष ३३ को हिरा भनिने मोहनलाल थारु पक्राउ परेका हुन् ।
तपाइँको प्रतिक्रीया