२०८२ जेठ २३ बिहीबार

राशिफल

तालिबान समूहले सरकारसँग भएको युद्धविराम सम्झौता भंग गरे

काठमाडौं   :  पाकिस्तानको तालिबान समूहले सरकारसँग भएको युद्धविराम सम्झौता भंग भएको जनाएको छ । उसले आफ्ना लडाकुहरुलाई देशभर आक्रमण सुरु गर्न आह्वानसमेत गरेको छ ।

गत जुन महिनामा पाकिस्तान सरकार र तालिबानबीच युद्धविरामको सम्झौता भएको थियो । तर सरकारले सम्झौता पालना नगरेको भन्दै तालिबानले पनि सम्झौताबाट आफू पछि हटेको जनाएको छ ।

तहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी) सन् २००७ मा स्थापना भएको थियो । त्यसयता उसले गरेका आक्रमणबाट सयौं नागरिकको ज्यान गइसकेको छ ।