२०८२ जेठ २२ बुधबार

राशिफल

विश्वकप २०२२ अन्तर्गत आज हार्ने टिम समूह चरणबाटै घर फर्कने

काठमाडौं :  कतारमा भइरहेको फिफा विश्वकप २०२२ अन्तर्गत आज हुने ४ खेल मध्ये एउटा खेलमा अर्जेन्टिना र पोल्याण्डले प्रतिस्पर्धा गर्ने छन् ।

समूह सीका यी दुईसहित मेक्सिको र साउदी अरेबियाबीचको खेल मध्यराति पौने १ बजे सुरु हुनेछ ।  यो समूहका चारै टिमको अन्तिम १६ मा पुग्ने संभावना छ । तर चार मध्ये आजका खेल जित्ने २ टिम अन्तिम १६ मा पुग्ने छन् भने हार्ने टिम समूह चरणबाटै घर फर्कन पनि सक्नेछन् ।

विश्वकप सुरु हुनुअघि अर्जेन्टिनलाई विश्वकपको दाबेदारका रुपमा हेरिएको थियो । तर विश्व फुटबलका स्टार लियोनेल मेस्सीको टिम अर्जेन्टिना आफ्नो पहिलो खेलमै अप्रत्यासित रुपमा साउदी अरेबियासँग पराजित भयो र विश्वभरका समर्थकलाई निराश बनायो ।

पहिलो खेलमा झड्का बेहोरेको अर्जेन्टिनाले कप्तान मेसीको प्रेरणादायी प्रदर्शनमा दोस्रो खेलमा मेक्सिकोलाई २(० ले हराएर नकआउटको सम्भावना कायमै राखेको छ ।

अर्जेन्टिनालाई नकआउट चरणमा पुग्न आज राति पौने १ बजे पोल्याण्ड विरुद्धको खेल जित्ने पर्ने दबाव छ । दुई खेलबाट ३ अंक मात्र रहेको अर्जेन्टिनाले अन्तिम १६ मा स्थान पक्का गर्न पोल्याण्डलाई हराउनैपर्नेछ ।

अर्जेन्टिना र पोल्याण्डबीचको खेललाई दुई भेट्रान फरवार्ड मेसी भर्सेस रोवर्ट लेवान्डोस्कीको रुपमा समेत हेरिएको छ ।

तर अर्जेन्टिनालाई बराबरीमा रोके पनि पोल्याण्ड नकआउट चरणमा पुग्ने छ ।