२०८२ असार २ सोमबार

राशिफल

कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज बिहिबार चार खेलहरु हुँदै

काठमाडौं  : कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज बिहिबार चार खेलहरु हुँदैछन् । जसमा समूह ई र समूह एफ का दुई दुई खेलहरु हुनेछन् । पहिलो दुई खेलमा समूह ुएफु मा रहेका क्रोएसिया र बेल्जियम तथा क्यानडा र मोरक्को बीच प्रतिस्पर्धा हुनेछ। दुबै खेल नेपाली समयअनुसार बेलुका ८ः४५ बाट सुरु हुनेछ ।

यस खेलहरुबाट समूह ुएफु बाट अन्तिम १६ मा पुग्ने २ राष्ट्रको टुङ्गो लाग्नेछ । दोस्रो दुई खेलमा समूह ुईु मा रहेका जापान र स्पेन तथा कोस्टारिका र जर्मनी बीच खेल हुदैछ ।

दुबै खेल नेपाली समयअनुसार राती १२ः४५ मा हुनेछ । यस खेलहरुबाट समूह ुईु बाट अन्तिम १६ मा पुग्ने २ राष्ट्रको टुङ्गो लाग्नेछ ।

एसियाली मुलुक कतारमा पहिलो पटक आयोजना भईरहेको विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी राष्ट्रलाई आठ समूहमा विभाजन गरिएको छ ।

यस विश्वकपमा कुल ६४ खेल हुनेछ । आठ रंगशालामा आयोजना भईरहेको विश्वकपको फाइनल डिसेम्बर १८ मा हुनेछ ।