काठमाडौं : नेपाली कांग्रेस नेता डाक्टर शेखर कोइरालाले कांग्रेसकै नेतृत्वमा सरकार बन्ने बताएका छन् । निर्वाचनबाट सन्तोषजनक नतिजा आएको बताउँदै उनले कांग्रेसको नेतृत्वमा सरकार बन्ने दावी गरेका हुन् । तर संसदीय दलको नेता को बन्छ भन्ने विषयमा भने उनी खुलेर बोल्न चाहेनन् ।
विराटनगरमा बिहीबार बिहान पत्रकार सम्मेलन गर्दै उनले संसदीय दलका सभापति शेरबहादुर देउवा टिमको बर्चस्व भएपनि संसदीय निर्वाचनमा आफ्नो टिमले प्रयास भने गर्ने बताए ।
शेखर कोइरालाको टिमबाट महामन्त्री जितेका गगन थापाले संसदीय दलको नेताका लागि उम्मेदवारी घोषणा गरिसकेका छन् । उनी आक्रामक रुपमा अगाडि बढिरहेका छन् । तर कोइरालाले भने खुलेर बोलेका छैनन् । उनले संसदीय दलको नेतामा दावी गरिरहेका नेता गगन थापासँग आफ्नो फोनमा मात्रै कुरा भएको बताए ।
तपाइँको प्रतिक्रीया