२०८२ जेठ २१ मङ्गलबार

राशिफल

विश्व कप फुटबल दक्षिण कोरिया पोर्चुगललाई हराउँदै अन्तिम १६ मा

काठमाण्डौ  :  फिफा विश्व कप फुटबल‍मा समूह एच अन्तर्गतको दक्षिण कोरियाले पोर्चुगललाई २–१ गोल अन्तरले पराजित गरेको छ ।

कतारको एजुकेसन सिटी स्टेडियममा गए राति भएको खेलमा पोर्चुगल दक्षिण कोरियासँग पराजित भएको हो । जितसँगै दक्षिण कोरिया अन्तिम १६ अर्थात् नकआउट चरणमा प्रवेश गरेको छ । खेलको पाँचौँ मिनेटमा रिकार्डो होर्टाले गोल गर्दै पोर्चुगललाई सुरुवाती अग्रता दिलाएका थिए । तर, दक्षिण कोरियाका लागि खेलको २७औँ मिनेटमा किम योङ जीओनले पहिलो गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

कोरियाका लागि इन्जुरी समयमा ह्वाङ ही चानले दोस्रो गोल गरेका हुन् । जितसँगै कोरियाले ३ खेलमा ४ अङ्क जोडेको छ भने पोर्चुगलको समान खेलमा ६ अङ्क रहेको छ ।

पोर्चुगल यसअघि नै अन्तिम १६ मा प्रवेश गरिसकेको छ । समूह बाट पोर्चुगल विजेता र दक्षिण कोरिया उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेका हुन् ।