काठमाण्डौ : फिफा विश्व कप फुटबलमा गएराति भएको खेलमा समूह जी अन्तर्गतको क्यामरुनले ब्राजिललाई १–० गोलले हराएको छ ।
कतारको लुसिअल स्टेडियममा भएको खेलमा ब्राजिल क्यामरुनसँग पराजित भएको हो । पराजित भए पनि समूह विजेता बनेको ब्राजिल अन्तिम १६ अर्थात् नकआउट चरणमा पुगेको छ ।
क्यामरुनका लागि भिन्सेन्ट अबुबाकरले इन्जुरी समयमा गरेको गोल नै निर्णायक बन्यो । गोल गरेपछि उनी दुई पहेँलो कार्डसहित रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए ।
जितसँगै तीन खेलमा चार अङ्क जोडेको क्यामरुन समूह चरणबाटै बाहिरिएको छ ।
तपाइँको प्रतिक्रीया