काठमाण्डौ : फिफा विश्व कप फुटबलमा आजदेखि नकआउट चरणका खेलहरु सुरु हुँदैछन् । आज नकआउट चरण अर्थात् राउण्ड अफ १६ का दुई खेलहरु हुनेछन् ।
राउण्ड अफ १६ को पहिलो खेलमा आज राति पौने नौ बजे नेदरल्यान्ड्स र अमेरिका खेल्दैछन् । नेदरल्यान्ड्स समूह ए को विजेता बन्दै नकआउट चरणमा पुगेको हो । अमेरिका समूह बी को उपविजेता बनेको थियो।
यस्तै दोस्रो खेलमा राति पौने १ बजे अर्जेन्टिना र अस्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ । अर्जेन्टिना समूह सी को विजेता बन्दै नकआउट चरणमा पुगेको हो भने अस्ट्रेलिया समूह डी को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो ।
तपाइँको प्रतिक्रीया