२०८२ असार २ सोमबार

राशिफल

दाङमा ७० वर्षीय नागरिकमाथि खुकुरी प्रहार

काठमाडौं  : दाङको तुलसीपुरमा एक जेष्ठ नागरिकमाथि खुकुरी प्रहार भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लका अनुसार तुलसीपुर–३ सिस्नेरी निवासी ७० वर्षीय विजुली घर्तीमाथि खुकुरी प्रहार भएको हो ।

सामान्य विवादलाई लिएर स्थानीय जितबहादुर घर्तीले गयराति खुकुरी प्रहार गरेको प्रहरीले बताएको छ । खुकुरी प्रहारबाट विजुलीकोे टाउकोमा गहिरो चोट लागेको छ । उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

खुकुरी प्रहार गर्ने जीतबहादुरलाई प्रहरीले पक्राउ गरेको छ ।