२०८२ असार १ आइतबार

राशिफल

भीरबाट लडेर दार्चुलामा एक जनाको मृत्यु

काठमाडौं  :   भीरबाट लडेर दार्चुलामा एक जनाको मृत्यु भएको छ। व्यास गाउँपालिका–३ तुसरपानीका ५० वर्षीय डम्मरसिंह डडालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजेश शाहीका अनुसार शुक्रबार घाँस काट्ने क्रममा भीरबाट लडेर डडालको मृत्यु भएको हो । शुक्रबार नै प्रहरी घटनास्थलतिर गए पनि अहिलेसम्म सदरमुकाम फर्किसकेका छैनन् ।