काठमाडौं : कतारमा जारी फिफा विश्वकप फुटबलमा आज राउण्ड अफ १६ अन्तर्गतका दुई खेलहरु हुँदैछन् ।
पहिलो खेलमा जापान र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ । अल जानुब स्टेडियममा हुने जापान र क्रोएसियाबीचको खेल राति ८: ४५ बजे सुरु हुनेछ ।आज दुबै टोली जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा रहेका छन् । जापान समूहई बाट विजेता र क्रोएसिया समूह एफ बाट उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो ।
अ र्को खेलमा ब्राजिल र दक्षिण कोरियाबीच प्रतिस्पर्धा हुनेछ । स्टेडियम ९७४ मा हुने ब्राजिल र दक्षिण कोरियाबीचको खेल राति १२ :४५ बजे सुरु हुनेछ । ब्राजिल समूह जी को विजेता र दक्षिण कोरिया समूह एच को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो ।
तपाइँको प्रतिक्रीया