काठमाडौं : राजधानीमा जारी यू – १९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाईनल खेल आज हुदैछ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने फाईनल खेलमा सुदुरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुदैछ । खेल बिहान ९ बजेबाट सुरु हुनेछ । समूह चरणको खेलमा अपराजित रहदै साबिकको उपबिजेता सुदुरपश्चिम फाईनल पुगेको हो डिफेन्डिङ च्याम्पियन लुम्बिनी भने समूह चरणका ६ मध्ये ५ खेलमा विजयी भएर फाईनलमा पुगेको हो ।
लुम्बिनी र सुदुरपश्चिमबीचको गत बर्षको फाईनल खेल लुम्बिनीले १ सय १३ रनले जितेको थियो । यस संस्करणको समूह चरणको भेटमा लुम्बिनी सुदुपश्चिमसँग १ सय रनले पराजित भएको थियो । सुदुरपश्चिम गत संस्करणको फाईनलको हारको बदला लिन चाहान्छ । लुम्बिनी यस बर्ष पनि उपाधी जित्न चाहान्छ ।
प्रतियोगितामा प्रदेश – १, मधेश प्रदेश,बागमती प्रदेश,गण्डकी प्रदेश,लुम्बिनी प्रदेश,कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको सहभागिता रहेको छ ।
तपाइँको प्रतिक्रीया