२०८२ जेठ ३२ शनिवार

राशिफल

रुपन्देहीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाण्डौ   :  रुपन्देहीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

शुद्धोधन गाउँपालिका-२ हिरापुरमा सोमबार बुटवल-१६ का ३८ वर्षीय शालिकराम शर्मा मरासिनीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
टिपरको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।

रा१ख ७१३ नम्बरको बालुवा बोकेको टिपरले विपरीत दिशातर्फ जाँदै गरेको लु२०प १९ ५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।