२०८२ जेठ २१ मङ्गलबार

राशिफल

प्रदेश १, मधेश, बागमती र गण्डकीमा बदलीको सम्भावना

काठमाडौं  : हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । पहाडी भूभागका थोरै स्थानमा आंशिक बदली रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, मधेश, बागमती र गण्डकीमा आंशिक बदलीको सम्भावना छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

राति प्रदेश १, मधेश र बागमतीमा आंशिक बदलीको आकलन गरिएको छ । शनिबार देशभर मौसम सामान्यतया सफा रहने सम्भावना छ ।