काठमाडौं : शुक्रबार सुनको मूल्य तोलाको एक लाख रुपैयाँ नाघेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९९ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार छापावाल सुन प्रतितोला ९९ हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९९ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो।
तपाइँको प्रतिक्रीया