२०८२ असार ३ मङ्गलबार

राशिफल

देशले दलहरूबीच एकता र साझा सहमति खोजेको छ : अध्यक्ष नेपाल

काठमाडौं  : एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आमनिर्वाचनपछि देशले राजनीतिक दलहरूबीच साझा सहमति खोजेको बताएका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिका–५ सूर्यनगरमा सूर्यनगर टोल विकास समाजले आयोजना गरेको बधाई, शुभकामना तथा चियापान कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा नेताहरू अब जनताप्रति बफादार भएर लाग्नुपर्ने औल्याए । उनले भने, ‘जित्नु मात्रै ठूलो कुरा होइन, जनतासँग हामीले जुन प्रतिबद्धता गरेका छौँ, त्यो पूरा गर्न इमान्दार र जनताप्रति बफादार भएर काम गर्नुपर्छ ।’

निर्वाचनमा गरेका प्रतिबद्धता पूरा गर्न जनतासँग जोडिएर अगाडि बढ्नुपर्ने उनको जोड छ । अध्यक्ष नेपालले जनताको आवाज सुन्ने, उनीहरूको पीडालाई सम्बोधन गर्ने, जनताको असीमिति चाहना, इच्छा र माग पूरा गर्न तथा अत्यावश्यक चाहनालाई पूरा गर्ने काममा लाग्न जोड दिए ।