२०८२ जेठ २१ मङ्गलबार

राशिफल

इरानमा हिजाब विरोधी प्रदर्शन

काठमाडौं  :  इरानले शनिबार फेरि तेहरानस्थित बेलायती राजदूतलाई बोलाएको छ । देशव्यापी विरोध प्रदर्शनले तरंग उत्पन्न गरिरहेका बेला सरकारले तीन महिनाभन्दा कमको अवधिमा १५औँ पटक विदेशी राजदूतलाई बोलाएको हो ।

विदेश मन्त्रालयले जर्मन राजदूत हान्स युडो मजेललाई बोलाएको एकदिनपछि बेलायती राजदूत साइमन शेरक्लिफलाई बोलाएको राज्य समाचार एजेन्सी आइआरएनएले जनाएको छ । १० साताको अवधिमा १५ पटक पश्चिमेली राजदूतहरुलाई बोलाइएको छ । ‘यो इरानविरुद्ध अभूतपूर्व दबाबको लागि इरानी कूटनीतिको जबाफ हो’ आइआरएनएले भन्यो । २२ वर्षीया कुर्द–इरानी महिला महसा अमिनीको मृत्यसँगै सुरु भएको प्रदर्शनपछि शरक्लिफलाई पाँच पटक बोलाइएको छ ।

हिजाबसम्बन्धी नियम उल्लंघन गरेको आरोपमा अमिनीलाई नैतिकतासम्बन्धी प्रहरीले थुनामा राखेको थियो । उनको १६ सेप्टेम्बरमा हिरासतमै मृत्यु भएको थियो । उनको मृत्युपछि तेहरानभर हिजाबविरोधी प्रदर्शन हुँदै आएको छ ।