काठमाण्डौ : सुन चाँदीको भाउ लगातार बढेको छ । कारोबार हुने हप्ताको पहिलो दिन आज आइतवार सुनको भाउ तोलाको एक लाख पाँच सय रुपैयाँ पुगेको छ । लगातार बढेको सुनको भाउ आज तोलामा २ सय रुपैयाँले बढेर एक लाख पाँच सय रुपैयाँ पुगेको हो ।
त्यसैगरी आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
अस्ति शुक्रवार १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा १० रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
तपाइँको प्रतिक्रीया