२०८२ असार १ आइतबार

राशिफल

काठमाण्डौको तारकेश्वरमा मोटरसाइकल दुर्घटना, चालकको ज्यान गयो

काठमाण्डौ  :  काठमाण्डौको तारकेश्वर नगरपालिका-३ तीनपिप्लेमा भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ ।

गएराति सवा १० बजे बाग्मती प्रदेश ०२–०२५ प ६१८९ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा चालक तारकेश्वर-३ पाँचमानेका २२ वर्षका सविन फुयाँलको ज्यान गएको हो ।

उहाँको ग्रिन सिटी अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।