२०८२ असार ३ मङ्गलबार

राशिफल

सरकारमा सहभागी हुनेबारे लोसपाका शीर्ष नेता एकमत

काठमाडौं  :  पाँच दलीय सत्ता गठबन्धन नेतृत्वको सरकारमा लोकतान्त्रिक समाजवादी पार्टी पनि सहभागी हुने भएको छ । लोसपा शीर्ष नेताको बैठकले सो निर्णय गरेको हो । सत्ता गठबन्धनमा चुनावी तालेमले गरेको कारण नयाँ बन्ने सरकारलाई लोसपाको समर्थन रहने र सरकारमा पनि सहभागी हुने सो पार्टीका वरिष्ठ नेता शरतसिंह भण्डारीले बताए ।

चुनावी समीक्षा पनि भएको छैन, चाँडै नै बैठक बसेर चुनावी समीक्षालगायत संगठनका बारेमा अन्य निर्णयहरु गरिने बताउँदै उनले निर्वाचन आयोगले चुनावको नतिजा सार्वजनिक भएपछि लोसपाको बैठक बस्ने बताए ।

पार्टीका अर्का वरिष्ठ नेता राजेन्द्र महतो उपत्यका बाहिर रहेको कारणले पनि कार्यकारिणी समितिको बैठकमा ढिलाइ भइरहेको छ । सर्लाही २ बाट चुनावमा परिजाति भएका नेता महतोले मतदातालाई धन्यवाद दिनका आफ्नो क्षेत्र पुगेका छन् ।

लोसपाले प्रतिनिधि सभामा ४ वटा सिट जितेको छ । ratopati