२०८२ असार १ आइतबार

राशिफल

२२ कार्टुन गाँजा बोकेको ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा, चालक फरार

काठमाडौं :  पर्सा जिल्लाको ठोरी गाउँपालिका ३ को ठुटेखोला ईलाकाबाट सशस्त्र प्रहरीले ठूलो मात्रामा लागूपदार्थ गाँजासहित एक ट्रक नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीको विशेष सूचनाको आधारमा बिओपी ठोरीले हिजो करीब ३ सय ६३ किलो गाँजा र गाँजा बोकेको ट्रक नियन्त्रणमा लिएको हो । मकवानपुरको हेटौंडाबाट पर्साको विजयबस्तीतर्फ जाँदै गरेको ना ४ ख ६५५५ नम्बरको ट्रक नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ट्रकमा फल्स वटन प्रयोग गरेर २२ वटा कार्टुनमा प्याक गरी लैजाँदै गरेको अवस्थामा गाँजा र ट्रक नियन्त्रणमा लिएको हो । ट्रकका चालक भने प्रहरीलाई देख्नासाथ ट्रक त्यही ठाउँमा छाडेर फरार भएको प्रहरीले जनाएको छ ।