२०८२ जेठ २१ मङ्गलबार

राशिफल

सोलुखुम्बुका एक युवकको दक्षिण कोरियामा सुतेकै ठाउँमा गयो

काठमाडौं   : ५ वर्षअघि कोरिया पुगेका सोलुखुम्बुका एक युवकको दक्षिण कोरियामा सुतेकै ठाउँमा ज्यान गएको छ ।

सोलु दूधकुण्ड नगरपालिका ३ तामाखानी घर भइ दक्षिण कोरियाको हव्साङसिमा कार्यरत २९ वर्षीय राम प्रकाश मगरको हिजो ज्यान गएको हो ।

बेलुका राम्रैसँग सुतेका मगरको हृदयघातका कारण ज्यान गएको हुनसक्ने अनुमान गरिएको छ । मगर केही दिनदेखि ब्लड प्रेसरका कारण सामान्य बिरामी रहनुभएका परिवारले जनाएको छ ।