२०८२ जेठ २१ मङ्गलबार

राशिफल

काठमाण्डौ महानगरले आज स्थापना दिवस मनाउँदै

काठमाण्डौ :  काठमाण्डौ महानगरपालिकाले आज २८औँ महानगर दिवस मनाउँदैछ। २०५२ साल मंसिर २९ गते काठमाण्डौ महानगरपालिका घोषणा भएको थियो । त्यही दिनको सम्झनामा काठमाण्डौ महानगरपालिकाले हरेक वर्ष विभिन्न कार्यक्रम गरी महानगर दिवस मनाउँदै आएको छ।

दिवसका अवसरमा महानगरले यसवर्ष सप्ताहव्यापी कार्यक्रम गरेको छ । टेकु दोभानमा नदी सरसफाइ तथा महानगरपालिकाका ५० खुला तथा सार्वजनिक ठाउँमा सरसफाइ भएको छ ।

महानगरले दिवसका अवसरमा आज नियमित सेवा प्रवाह नगर्ने भएको छ । महानगरले आज सूचना निकालेर केन्द्रीय कार्यालय तथा मातहतका सबै विभागरआयोजनारकार्यक्रमरवडा कार्यालयहरू र एकाइबाट प्रवाह हुने सेवा बन्द हुने जानकारी दिएको हो।