२०८२ असार १ आइतबार

राशिफल

बागमती प्रदेशमा ३३ दलको जमानत जफत, कुन प्रदेशमा कति ?

काठमाडौं  : बागमती प्रदेशसभामा ३३ वटा राजनीतिक दलको जमानत जफत भएको छ । प्रदेशसभामा समानुपातिकतर्फ कम्तीमा एक सिट ल्याउन नसक्ने दलको जमानत जफत भएको निर्वाचन आयोगले जनाएको छ ।

प्रदेशमा १ मा ३० वटा राजनीतिक दलको जमानत जफत भएको छ । मधेश प्रदेशमा २६, गण्डकीमा २४ वटा दलले जमानत रकम फिर्ता  पाएनन् । आयोगका अनुसार लुम्बिनी प्रदेश कर्णालीमा २२/ २२ वटा दलको जमानत जफत भएको छ ।

सुदूरपश्चिम प्रदेशमा २८ वटा दलको जमानत जफत भएको आयोगले जनाएको छ ।