२०८२ असार १ आइतबार

राशिफल

मोटरसाइकल चोरेर फरार रहेका युवा पेस्तोलसहित पक्राउ

काठमाडौं  :  मोटरसाइकल चोरेर भागेका सिरहाको विष्णुपुर गाउँपालिका- ३ राजपुरका २८ वर्षीय विन्दे दास पेस्तोलसहित पक्राउ परेका छन् ।

विवाह चलिरहेको स्थानबाट मोटरसाइकल चोरेर फरार रहेका दासको घरमा खानतलासी गर्दा कम्मरमा लुकाइ राखेको अवस्थामा एक थान कटुवा पेस्तोलसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीसँगै मोटरसाइकल चोरीमा संलग्न सोही स्थानका २८ वर्षीय सरोज यादव फरार रहेका छन् ।