काठमाडौं : काठमाडौंको ठाडो भर्याङमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । आज भएको दुर्घटनामा सिन्धुलीको मरिन गाउँपालिका-३ का २२ वर्षीय निर्मल लामाको मृत्यु भएको प्रहरीले जनाएको छ । बसको ठक्करबाट घाइते भएका उनको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा मृत्यु भएको हो ।
सितापाइलाबाट स्वयम्भूतर्फ आउँदै गरेको बा १ ग ७६३ नम्बरको पर्यटक बसले विपरीत दिशाबाट जाँदै गरेको बागमती प्रदेश ०२ ०१८ प ४९४० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
तपाइँको प्रतिक्रीया