२०८२ जेठ २१ मङ्गलबार

राशिफल

प्रदेश १ को पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

काठमाडौं   : हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । तराईमा हुसु लागेको छ भने पहाडी भूभागमा आंशिक बदली छ ।

दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ को पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । राति पहाडी भू-भागमा आंशिक बदलीको आकलन गरिएको छ ।

शनिबार प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदलीको सम्भावना छ । प्रदेश १ र गण्डकीका पहाडी भूभागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।