काठमाडौं : सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका मा २ घरमा आगलागी हुँदा ४२ लाख बढिको क्षति भएको छ ।
चुलोबाट सल्किएको आगोले बिहिबार साझ करिब ६ बजे गाउँपालिकाको वडा नम्बर ९ लोखिमका भक्त बहादुर राई र नौधन राईको घर जलेर नष्ट हुँदा सो बराबरबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
प्रहरी निरिक्षक राम किशोर शाहका अनुसार भक्त बहादुर राईको २ तले घरसँगै २७ हजार नगद, अन्तपात, भाडावर्तन गरि ३१ लख ७७ हजार बराबरर्को धनमाल जलेर नष्ट भएको छ । यस्तै नौधन राईको अन्नपात, भाडावर्तन, लत्ताकपडा सहित ११ लाख ८० हजार बराबरको क्षतिको भएको प्रहरीले जनाएको छ । आगो प्रहरी र स्थानियको सहयोगमा करिब ३ घण्टापछि नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।
तपाइँको प्रतिक्रीया