काठमाडौ : केही समयदेखि प्रेम सम्बन्धमा रहेका श्रद्धा र विक्कीले काठमाडौंमा इन्गेजमेन्ट गरेका छन् । टिभी रियालिटी शो ‘कमेडी च्याम्पियन’बाट चर्चित विक्की अग्रवाल र रियालिटी शो निर्देशक तथा कलाकार श्रद्धा प्रसाइबीच टीकाटालो ९इन्गेजमेन्ट० भएको छ ।
उनीहरुको विबाहको मिति भने तय भइसकेको छैन । विक्की ‘कमेडी च्याम्पियन’का रनरअप हुन् भने श्रद्धाले निर्देशकीय पाटो सम्हालेकी थिइन् । यो चर्चित जोडीको इन्गेजमेन्टमा उनीहरुका नजिकका साथी र आफन्त सहभागी भएका थिए ।
विक्की विगत केही महिनादेखि चर्चित रियालिटी शो ‘कमेडी क्लब विथ च्याम्पियन्स’को निर्देशकको रुपमा काम गरिरहेका थिए भने उनले होस्ट गरेको अ र्को कार्यक्रम आम्मा कसम याँ दुक्छ पनि चर्चित बनेको थियो । जसको निर्देशन उनकै प्रेमीका श्रद्धाले गरेकी हुन् । श्रद्धा ‘कमेडी क्लब विथ च्याम्पियन्स’को सह निर्देशक हुन् ।
तपाइँको प्रतिक्रीया