काठमाडौं : कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले निर्वाचनबाट कांग्रेस ठूलो दल बनेकाले अब स्वभाविक रुपमा प्रधानमन्त्री दाबी गर्ने बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले नवनिर्वाचित सांसदहरूका लागि आज वालुवाटारमा आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुने क्रममा उनले यस्तो बताएका हुन् ।
उनलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि प्रधानमन्त्री बन्ने इच्छा देखाइरहेको विषयलाई पनि स्वभाविक रुपमा लिनु पर्ने बताए । उनले अब केही दिनमा कांग्रेस संसदीय दलको निर्वाचन पनि हुने र त्यसपछि प्रधानमन्त्रीको विषय थप टुंगो लाग्ने बताए ।
कांग्रसले भोलि आइतबार ३ बजे कार्यसम्पादन समिति बैठक समेत बोलाएको छ।
तपाइँको प्रतिक्रीया