काठमाडौं : निर्वाचन आयोगले प्रदेशसभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन आज एकैसाथ सातवटै प्रदेशका प्रदेश प्रमुखसमक्ष बुझाएको छ ।
चिव र सहसचिवसहितको टोलीले सबै प्रदेशका सदरमुकामस्थित प्रदेशप्रमुखको कार्यालयमा अलगअलग रूपमा प्रतिवेदन बुझाएको हो । यसै क्रममा निर्वाचन आयोग लुम्बिनी प्रदेश कार्यालयले प्रदेशका १२ वटा जिल्लाहरुमा भएको निर्वाचन मत परिणाम प्रतिवेदन प्रदेश प्रमुख अमिक शेरचनलाई बुझाएको छ । आयोगले तयार पारेको निर्वाचन परिणाम प्रतिवेदन अनुसार लुम्बिनी प्रदेशको प्रदेश सभातर्फ ८७ जना निर्वाचित भएका छन् ।
जसमा पुरुष ५४ जना ६२.०७ प्रतिशत र महिला ३३ जना ३७.९३ प्रतिशत निर्वाचित भएको उल्लेख छ । आयोगले प्रदेश सभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचन प्रणालीतर्फ २५ र समानुपातिक निर्वाचन प्रणालीतर्फ ३२ वटा राजनितिक दलहरु निर्वाचनमा सहभागी जनाएको छ । प्रतिवेदन ग्रहण गर्दै लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले निर्वाचन सम्पन्न भएर प्रतिवेदन समेत प्राप्त भएपछि आफुमा निकै खुसी र विश्वास जागेको वताउनुभयो ।
देशमा संघियता व्यवस्था फलिफाप नभएको भन्नेहरुका लागि निर्वाचन परिणामले संघियता व्यवस्थालाई आमजनताले आफ्नो मत दिएर पुष्टि गरेको उहाले बताउनुभयो ।
तपाइँको प्रतिक्रीया