२०८२ जेठ २२ बुधबार

राशिफल

आज सुन चाँदीको भाउ बढ्यो

काठमाण्डौ  : हप्ताको पहिलो दिन आज सुन चाँदीको भाउ बढेको छ ।

सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले बढेको हो भने चाँदी आज तोलामा १० रुपैयाँले बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ आज तोलामा एक लाख ५ सय रुपैयाँ तोकिएको छ ।

अस्ति तोलामा ९९ हजार ९ सय रुपैयाँ थियो । यस्तै, चाँदी आज तोलामा एक हजार ३ सय ८० रुपैयाँ छ । अस्ति शुक्रवार तोलामा एक हजार तीन सय ७० रुपैयाँमा किनबेच भएको थियो ।