काठमाडौं : मंसिरमा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा अन्तरघात गरेको भन्दै नेपाली कांग्रेस काभ्रेले दुई जना केन्द्रीय सदस्य र क्षेत्रीय सभापतिलाई कारबाही गर्न सिफारिस गरेको छ ।
शनिबार बसेको जिल्ला समितिको बैठकले सो निर्णय गरेको उल्लेख गर्दै केन्द्रीय अनुशासन समितिमा पठाउने निर्णय गरेको हो।
चुनावमा अन्तर्घात गरेको भन्दै केन्द्रीय सदस्य मधुप्रसाद आचार्य र गणेश लामा तथा प्रतिनिधि सभा २ का क्षेत्रिय सभापति महेश खरेललाई कारबाहीको निर्णय गरेको जिल्ला कार्यसमिति काभ्रेका सभापति तीर्थ लामाले एक विज्ञप्ति जारी गर्दै उल्लेख गरेका छन्।
तपाइँको प्रतिक्रीया