२०८२ जेठ २२ बुधबार

राशिफल

बाजुरामा यातायात सेवा बन्द भएसँगै जिल्लाको जनजीवन प्रभावित

काठमाडौं  :  नेकपा एमालेनिकट अनेरास्ववियु बाजुराले शनिबार ४ बजेदेखि बाजुरामा अनिश्चितकालका लागि यातायात सेवा बन्द गरेको छ। चेतनदीप अयडीको हत्यारालाई पक्राउको माग गर्दै अनेरास्ववियु बाजुराले यातायात सेवा अनिश्चितकालका लागि बन्द गरेको हो।

यातायात सेवा बन्द भएसँगै जिल्लाको जनजीवन प्रभावित भएको छ। जिल्लाको मुख्य राजमार्ग साफे–मार्तडी सडकखण्डलगायतका ग्रामीण सडकमा सञ्चालन हुने सवारीसाधन ठप्प छन्। अनेरास्ववियुका केन्द्रीय कमिटी सचिवालय सदस्य अयडीको हत्यारालाई एक महिना बित्न लाग्दासमेत पक्राउ गर्न नसकी प्रहरीले चरम लापरबाही देखाएको बन्दकर्ताको आरोप छ।

चेतनको हत्यारा पक्राउ नगर्दासम्म बन्द फिर्ता नलिने अनेरास्ववियुका सचिवालय सदस्य लक्ष्मण रोकायाले बताए। चेतनको न्यायको पक्षमा गरेको आन्दोलनलाई सहयोग गरिदिन अनेरास्ववियु बाजुराले सम्पूर्ण जिल्लावासीलाई आग्रहसमेत गरेको छ।

गएको मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका दिन साँझ घरमा सुतिरहेका चेतनको हत्या भएको थियो। कांग्रेस कार्यकर्ताहरूले घरभित्रै गएर बीभत्स हत्या गरेको भन्दै चेतनका बुबा गगन अयडीले २२ जनाविरुद्व जिल्ला प्रहरी कार्यालय बाजुरामा जाहेरी दिएका छन्।